भैरहवा, असार १७ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो । । बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची रहेको थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।