भैरहवा, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेट फेरि पनि भेट भएको हो । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरवारमा छलफल भएको थियो । शनिबार अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात् सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।