भैरहवा, आसार १६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन । आइतबार मुख्यमन्त्री सोडारीले मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरुलाई जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको हो । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ । मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । सोडारीले जेठ २८ गते ७ जनालाई मन्त्रीमा नियुक्त गर्दा तीमध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् । अहिले मन्त्रालय फुटाएर उनीहरूलाई पनि जिम्मेवारी दिइएको हो ।मुख्यमन्त्री सोडारीले माओवादी केन्द्र र नेकपा एमालेबाट ३–३ तथा एकीकृत समाजवादीका एक जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए । यो संगै अब सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित दश वटा मन्त्रालय बनेका छन्।