भैरहवा असार १५।
रोहिणि गाउँपालिका वडा नम्वर ७ टिकरमा टिकरमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । रोहिणि गाउँपालिकाको आयोजना र युनिभर्सल मेडिकल कलेक अफ शिक्षण अस्पताल भैरहवाको प्राबिधिक सहयोगमा रोहिणि गाउँपालिका वडा नम्बर ७ टिकरमा स्वास्थ शिबिर सम्पन्न भएको हो ।
नेपाल भारतको सिमा क्षेत्रमा रहेको श्री सरस्वती आधारभुत बिधालय परिसरमा युनिभर्सल मेडिकल कलेक अफ शिक्षण अस्पताल भैरहवाको सम्पुर्ण प्राबिधिक टिमको सहयोगमा शनिवार निसुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको रोहिणि गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादबले बताए ।
रोहिणि गाउँपालिका भित्र स्वास्थ्यलाइ ध्यानमा राखि सिमा क्षेत्रमा रहेका सर्वसाधारणहरुलाई ध्यानमा राखी शिविर आयोजना गरिएको गांउपालिका अध्यक्ष यादवले जानकारी दिए ।
रोहिणि गाउपालिकाको वडा नम्मर ७ दलित समुदाय र स्वास्थ्य क्षेत्रको पहुच नभएको कारण यहि ठाउँमा शिविर राखिएको रोहिणि गाउपालिकाकि उपाध्यक्ष शिवकान्ति चमारले जानकारी दिईन ।
ग्रामीण भेग भएको कारणले उपचार लिन भैरहवा लैजाउनु पर्ने अवस्था भएकोले त्यसको लागी सहज बाउने हेतुले यहि ठाउमा एक दिने स्वास्थ्य शिविर सन्चालन गरिएको रोहिणि गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राकेश कुमार चौधरीले बताए ।
सबै मानिस विशेषज्ञ सेवा लिन नसकिरहेको र सबै मानिस भैरहवा मेडिकल कलेजमै जान नसक्ने भएकोले गाउठाउमै गएर विशेषज्ञ सेवा दिन उपयुक्त ठानेर यो शिविर सन्चालन गरिएको रोहिणि गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास चौधरी बताए ।
हरेक स्थानिय सरकार संग समन्वय गरेर प्राबिधिक सहयोगमा अग्रसरता देखाउदै आएको युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख तेज कुमार केशीले बताए ।
आफ्नो सेवालाइ बिस्तार गर्दै गएको मेडिकल कलेज ९ ठाउँमा निसुल्क बस सेवा सन्चालन गर्दै आएको छ । शिबिरमा आएका बिरामिहरुलाइ अस्पतालमा उपचार गर्न परेमा २० प्रतिशत छुट रहने उनले बताए ।
शिबिरमा छाला तथा यौन रोग , नाककान घाटी रोग, बाल रोग,महिला रोग,भिडियो एक्सरे , रगत परिक्षण , सामान्य चिकित्स , इसिजि, हाडजोर्नि तथा नसारोग, दात तथा गिजा रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो ।
शिबिरमा २७५ जनाले सेवा लिएका थिए ।