भैरहवा, असार ६ । विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार स्वदेश फर्किएका छन् । टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टोली दुई वटा टिमको समूह बनाएर स्वदेश फर्केका हुन । एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । नेपाल आफ्नो इतिहासमै दोस्रो पटक टी२० विश्वकपमा सहभागी बनेको थियो ।
विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए । दक्षिण अफ्रिकाविरुद्ध नेपालले बेहोरेको एक रनको हार भने चर्चाको विषय बनेको थियो ।