Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भौतिक मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्छ : रमेश लेखक


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०८१ बुधवार
  • 306
    SHARES

भौतिक मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्छ : रमेश लेखक

भैरहवा, असार ५ ।   नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 
बजेटको मूल मान्यतामा नै त्रुटि भएको प्रमुख सचेतक लेखकले बताए ।उनले यो शक्ति र सत्ताको दुरुपयोग भन्दै मन्त्रीजीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । 
 उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए ।प्रमुख सचेतक लेखकले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनः लेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने बताए । 


लुम्बिनी चिन्तन

थप समाचार