Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कवाड व्यवसायीमाथि प्रहरीको दमनबारे संसदमा गृहमन्त्रीको जवाफ माग


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०८१ बुधवार
  • 340
    SHARES

कवाड व्यवसायीमाथि प्रहरीको दमनबारे संसदमा गृहमन्त्रीको जवाफ माग

भैरहवा, असार ५ । कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्य प्रभु साहले जवाफ माग गरेका छन् । 
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका हुन् । उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताएका छन । 

साथै, सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।  मधेसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको उनको भनाई छ । सांसद सिंहले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको निःशुल्क उपचारको माग समेत गरे । सांसद सिंहले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न समेत गरेका छन् । pravu%20shah_PHV49Y5IcK_fbokvqomwwqwqyvpntnni5gxleg7zmenwkuj2wuwixgcr3twlcemwtcfcwvt_g1tCkSaSFt_9tj5p9mm7v9hr8k5bqf4wkqss8e4bfszajfc2zjqsh90myihkj7vgkksrda4.jfif


लुम्बिनी चिन्तन

थप समाचार