भैरहवा जेठ २१/
सेवा नेपाल समाज रुपन्देहीको आयाेजनामा नेपाल नेत्र ज्याेति संघ,लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर / बुटवल लायन्स आँखा अस्पतालकाे प्राबिधिक सहयाेगमा तिलाेत्तमा नगरपालिका वडा नम्बर ८ स्थित करहिया मक्रहर खानेपानी तथा सरसफाई उपभाेक्ता समुहकाे शभाहलमा एक दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
सेवा नेपाल समाज अध्यक्ष डिल्ली राज पैनीको अध्यक्षता, तिलाेत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यता, मा सेवा नेपालका उपाध्यक्ष रामाकान्त भुषालकाे स्वागत तथा सचिव प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा करहिया स्वास्थ्य चाैकीकाे प्रमुख कृष्ण कुमारी पाण्डेय,करहिया मक्रहर खानेपानी उपभाेक्ता समुहकी उपाध्यक्ष शान्ता बस्याल भट्टराई,कृष्ण तिवारी ले मन्तव्य राख्नु भएकाे थियाे । भने बुटवल लायन्स आँखा अस्पताकाे बरिठ दृष्टि विशेषज्ञ मनाेहर न्याैपानेले प्रशिक्षण दिनु भएकाे थियाे । कार्यक्रममा ५० जना प्रशिक्षार्थीकाे उपस्थित रहेकाे थियाे ।