Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देही सुपरलिगः शंकरनगरको जित


  • लुम्बिनी चिन्तन
  • चैत्र १, २०८० बिहिवार
  • 346
    SHARES

रुपन्देही सुपरलिगः शंकरनगरको जित

 


भैरहवा, चैत्र १ ।
भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबारको खेलमा शंकरनगर क्रिकेट क्लब बिजयि भएको छ  । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई र बिकेटले पराजित गर्दै शंकरनगरले  जित हात पारेको हो । 

टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १० रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि अहम्मद हुसेनले २७, बैतुल्लाह खाँनले २४, राहत हुसेनले १३ र अब्दुल रबले १२ रन बनाए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्रीले ९ ओभर बलिङ गर्दै २ मेर्डन राखेर ३७ रन खर्ची ५ विकेट लिए । यस्तै, रुपेश बश्यालले ४ विकेट लिँदा केशब पौडेलले १ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको शंकरनगरले २९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय १३ रन बनायो र जित निकाल्यो । उसको जितमा रौनक श्रीवास्तबले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खाँन र आकाश गिरीले समान २–२ विकेट लिए । खेलमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 


लुम्बिनी चिन्तन

थप समाचार