Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देही जिल्ला भेला संम्पन्न


  • लुम्बिनी चिन्तन
  • चैत्र १, २०८० बिहिवार
  • 486
    SHARES

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देही जिल्ला भेला संम्पन्न

 

भैरहवा, १ चैत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना शाह रावलले अहिले देश अत्यन्तै नाजुक अवस्थाबाट गु्रजिरहेको बताएकी छन् । उनले नेपाली जनता चरम गरीबी र बेरोजगारीको मारमा रहेको बताइन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देही जिल्ला भेलालाई बिहीबार भैरहवामा सम्बोधन गर्दै अध्यक्ष रावलले भनिन्, ‘रोजगारीको अभावमा आर्थिक समस्याको कुनै लेखाजोखा छैन । गरीब जनताको घरमा चुल्हो बाल्ने अवस्था छैन ।’

raprapa 1.jpg

उनले मुलुकको समस्याबाट कोही पनि अनविज्ञ नभएको जिकिर गरिन् । उनले राप्रपा विकल्प बनेर मुलुकको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । अध्यक्ष रावलले देशको अवस्था बदल्नको लागि राप्रपालाई बलियो बनाउनुपर्ने र पार्टीलाई बलियो बनाउन संगठन विस्तार उचित विकल्प रहेको धारणा राखिन् ।

‘मनमा कुनै पनि दैष नराखी हामी संगठन विस्तारमा लाग्नुपर्छ, जुन पदमा छौं त्यही रहेर इमान्दारीपूर्वक गर्नुपर्छ । संगठन बलियो हुने भनेको पार्टी बलियो हुनु हो, ’उनले भनिन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन दरिलो खम्बाको रुपमा उभिनुपर्नेमा उनले जोड दिइन् । महिला संगठनले नेपालको संविधानले महिलालाई दिएका अधिकारबारे सुसूचित गराउनुपर्ने उनले बताइन् । संगठन दुरदराजका महिलाको आवाज बन्नुपर्ने अध्यक्ष रावलको भनाइ छ । संगठन मजबुत भए माग सम्बोधन गर्न सकिने उनले बताइन् ।

raprapa 33.jpg

आफ्नो कार्यकालमा केन्द्रदेखि वडासम्म कसैप्रति अन्याय हुन नदिने उनले दावी गरे । एउटा महिलाले अर्को महिलाको खुट्टा तान्ने प्रवृत्ति हटाउनुपर्नेमा उनले बताइन् ।

राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्र पुर्नस्थापना जस्ता मागहरु सम्बोधन गराउन हुने दबाबमूलक कार्यक्रम तथा आन्दोलनमा महिलाहरुको व्यापक समर्थन रहने उनले बताइन् । ‘अनुशासन र शिष्टता महिला संगठनको गहना हो, ’उनले भनिन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मुलुकका ७७ जिल्लामध्ये ५२ वटा जिल्लामा केन्द्रीय कार्यसमिति विस्तार गरिसकेको र २५ वटा जिल्लामा अधिवेशन सम्पन्न गर्न लागेको बताइन् । उनले भनिन्, ‘जुन जुन जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ, त्यो जिल्लामा भेला गरेर महिलाहरुसँग साक्षात्कार गर्दै उहाँहरुको गुनासो र समस्या कसरी सम्बोधन गर्ने भन्नेतर्फ लागेका छौं ।’

raprapa 44.jpg

त्यस्तै राप्रपाका सहायक महामन्त्री ताहिर अलीले राप्रपाले महिलाको योगदानलाई बिर्सन नसक्ने बताए । उनले महिलाले इतिहास रचेको बताए । उनले भने, ‘निर्वाचनको समयमा पनि महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जसका कारणले राप्रपाले निर्वाचनको परिणाम आफ्नो पक्षमा पारेको छ ।’

राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले एकजुट भएर व्यवस्था र अवस्था बदल्न सडक र सदनबाट अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले महिलालाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् । ‘प्रत्येक ठाउँमा ३३ प्रतिशत युवा र महिलाको सहभागीता र प्रतिनिधित्व हुनुपर्छ, ’उनले भनिन् ।

कार्यक्रममा राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य मातृका प्रसाद यादव, मीन प्रसाद घिमिरे, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य पुनम यादव, रुपन्देही जिल्ला अध्यक्ष मीना रिमाल, सचिव प्रतिमा शर्मा (काफ्ले), कोषाध्यक्ष अप्सरा शाही, सिद्धार्थनगर अध्यक्ष कविता कार्की लगायतले भनाइ राखेका थिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार