Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रास्वपा अध्यक्ष रविले गरे लुम्बिनीमा पैदलयात्रा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०८० बुधवार
  • 360
    SHARES

रास्वपा अध्यक्ष रविले गरे लुम्बिनीमा पैदलयात्रा

लुम्बिनी, फागुन २ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गौरवका योजनाहरुको कार्यानवयनलाई प्रभावकारी बनाउन दवाव दिने उदेश्यले बुधवार लुम्बिनीमा पैदलयात्रा गरेका छन् ।

राष्ट्रव्यापी दवाव अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दवाव स्वरुप उनले पैदल यात्रा गरेको पार्टीका सिदार्थनगर समिती संयोजक परशुराम पराजुलीले बताए । लुम्बिनी वरीपरिको करिव १० किमिको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दवाव दिन पार्टी अध्यक्ष रवि लामीछाने सहित कार्यकर्ताहरुले पैदलयात्रा गरेका हुन ।

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दशर्न गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवारचौकसम्म पैदलयात्रा गरे । महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापती लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वाहनामा ढिलाई गर्ने छुट नरहेको बताए ।

bb.jpgउनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफुहरुले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दवाव दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए । रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाएका थिए भने नवनिर्मित दीयो बाल्ने सेडमा दिप प्रज्वलन गरेका थिए । यसैविच लामिछानेले लुम्बिनी साँस्कृतिक नगरपालिकाको पार्टी र सिदार्थनगर नगर कार्यालयको उद्घाटन गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार