Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाली कांग्रेस बुटवल १९ द्धारा शोकसभा कार्यक्रम


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०८० शनिवार
  • 318
    SHARES

नेपाली कांग्रेस बुटवल १९ द्धारा शोकसभा कार्यक्रम

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं १९ मोतिपुर, पथ्थरगंज निवासी सामाजिक तथा राजनैतिक व्यक्तित्व लक्ष्मी पाण्डेको ७९ वर्षको उमेरमा भएको निधन प्रति नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं १९ कार्यसमिति परिवारद्धारा पाचौं दिनको पुन्यतिथिमा शोक सभा कार्यक्रम सम्पन्न ग¥यो ।

शोक सभा बुटवल वडा नं १९ का वडा सभापति टिकाराम पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले स्वर्गीय पाण्डेको निधनले पार्टीले एउटा असल अभिभावक गुमाएको, यसले पार्टीलाई मात्र नभई समग्रमा यस क्षेत्रको सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्र्य र समाजको रुपान्तरणमा ठूलो क्षति पु¥याएको भनाई राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव भवानी शर्मा, सचिव तथा प्रवक्ता लेखनाथ भट्टराई, बुटवल उपमहानगरपालिकाका उपसभापति ज्योति पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का वडा अध्यक्ष शिव राना, प्रदेश प्रतिनिधि प्रेम पौडेल, दुर्गा चापागाई, सिनपाका सचिव अनिल के.सी., क्षेत्रिय सदस्य चिरञ्जीवी ढकाल, पूर्व महाधिवेशन प्रतिनिधि हरिहर श्रेष्ठ, बुटवल वडा नं. १९ का पूर्व वडा अध्यक्ष हिम बहादुर खत्री, बुटवल वडा नं १४ का वडा सभापति नर बहादुर मल्ल, बुटवल वडा नं १८ का वडा सभापति हुमराज ढकाल, समाजसेवी मिन प्रसाद श्रेष्ठ, ओम अर्याल, राजकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत सहित जीवनी वडाका सह–सचिव जीवन क्षेत्री तथा कार्यक्रम वडा सचिव केदार न्यौपानेले संचालन गर्नुभएको थियो । यसैगरी बुटवल उपमहानगरपालिका वडा नं १९ मोतिपुर, पथ्थरगंजमा समाजसेवी हिमलाल राना क्षेत्रीको ९७ वर्षको उमेरमा भएको निधनमा नवौं दिनको पुन्यतिथिमा शोक सभा कार्यक्रम पनि सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार