Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत गोलिगढमा सरसफाई


  • लुम्बिनी चिन्तन
  • माघ २१, २०८० आइतवार
  • 542
    SHARES

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत गोलिगढमा सरसफाई


भैरहवा माघ २१/
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत सिद्धार्थनगर वडा नं. ९ गोलिगढमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको यहि माघ १६ देखि २६ सम्म जारी ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत सिद्धार्थनगर वडा नं. ९ गोलिगढमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस सिद्धार्थनगर वडा नं. ९ का सभापति श्याम सुन्दर खनालको सभापतित्व तथा नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

WhatsApp Image 2024-02-03 at 10.51.38 AM.jpeg
कार्यक्रममा नेता गुरुङ्गले यस अभियानले टोल–छरछिमेकमा सरसफाईका साथ समाजमा बसोबास गरेका आम समुदायलाई स्वस्थ प्रति सजक रहन पनि सरसफाईमा ध्यान दिनुपर्ने कुरामा जनचेतना फैलाउन र पार्टीलाई तल्लो तहका समस्याहरुलाई नजिकबाट बुझ्न र समाधान गर्न सहज हुने बताउनुभयो ।
सरसफाई कार्यक्रम गोलिगढ टोल सुधार समितिको सहयोग र समन्वयमा सम्पन्न भएको थियो भने सोही कार्यक्रममा सरसफाईका लागि आवश्यक झाडु, माक्स, ग्लोब्स आदि सामाग्रीहरु सहयोग स्वरुप टोल सुधार समितिका संयोजक युवराज पाण्डेलाई हस्तातरण गरिएको थियो । 

WhatsApp Image 2024-02-03 at 10.21.49 AM.jpeg
सरसफाई कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव लेखनाथ भट्टराई, कोषाध्यक्ष कृष्ण खनाल, नगर सचिव अनिल कुमार के.सी., समाजसेवी राममिलन यादव, शिक्षक देवराज पन्थी, आकाश पौडेल, ओम खनाल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम वडा नं. ९ का सचिव फणेन्द्र पौडेलले संचालनमा गर्नुभएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार