Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत सिनपामा छलफल


  • लुम्बिनी चिन्तन
  • माघ १५, २०८० सोमवार
  • 450
    SHARES

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत सिनपामा  छलफल

भैरहवा माघ १५/
नेपाली कांग्रेस केन्द्रको परिपत्र अनुसार यहि माघ १६ देखि २६ सम्म हुने ‘समुदायमा कांग्रेस’ अभियान सफल र प्रभावकारी बनाउन नेपाली कांग्रेस सिद्धार्थनगरले छलफल कार्यक्रम अघि बढाएको छ । 
नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्काको सभापतित्व तथा नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
 कार्यक्रममा नेता गुरुङ्गले १० दिन कार्यक्रम अन्तर्गत अभियानको पहिलो दिन भोलि माघ १६ गते शहिद दिवसका दिन शुरु भई यहि आउँदो माघ २६ गते स्व. नेता सुशील कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन हुने बताउनुभयो । 
साथै यो अभियान देशको ६७४३ वटा वडाहरुमा एकै साथ सञ्चालन हुने र यसले समुदायका सबै पक्षलाई समेटी समाजमा कांगे्रस प्रतिको दृष्टिकोण, धारणा, आशा, गुनासो, सुझाव लिएर भोलिका दिनमा पार्टीलाई थप प्रभावकारी र सशक्त बनाएर अघि बढन् योगदान दिने धारणा राख्नुभएको थियो ।  
समयानुकुल केन्द्रिय प्रतिनिधिको रुपमा पार्टीका पुर्व उपसभापति विमिलेन्द्र निधि, केन्द्रिय सदस्य चन्द्र के.सी., प्रदेश सभापति अमरसिंह पुनको समुपस्थितिमा हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन नेपाली कांग्रेस सिद्धार्थनगर अन्तर्गतका १३ वटा वडाहरुले यस अवधिमा विभिन्न रचनात्मक तथा श्रृजनात्मक कार्यक्रमहरु क्रमिक रुपमा आयोजना गर्नेछ । 
छलफलमा नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, सि.न.पा. वडा नं. १ का सभापति मोहनसिंह शाही, वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, वडा नं. ५ का सभापति केशव गुप्ता, वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ७ का सभापति भविलाल पौडेल, वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. ९ का सभापति श्याम सुन्दर खनाल, वडा नं. ११ का सभापति केदारनाथ कुर्मी, वडा नं. १२ का सभापति हरिराज विष्ट, वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, वडा नं. ३ का सचिव रवि श्रेष्ठ, वडा नं. १२ का सचिव राम प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । 
सो कार्यक्रम नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति किरण घिमिरेको स्वागत तथा नगर सचिव अनिल कुमार के.सी.कोे संचालनमा भएको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार