Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनीमा ईण्डो–नेपालक्रिकेट प्रतियोगिता शनिबार देखि


  • लुम्बिनी चिन्तन
  • माघ ११, २०८० बिहिवार
  • 364
    SHARES

लुम्बिनीमा ईण्डो–नेपालक्रिकेट प्रतियोगिता शनिबार देखि


भैरहवा माघ ११/
रुपन्देहीको लुम्बिनी माभारत र नेपालका क्रिकेट टिम सहभागी हुने गरि ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १३ गते देखि हुने प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरि ३२ वटा टिमको सहभागीता रहने आयोजकले बताएका छन् । 
स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनीप्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुने प्रतियोगिताको छैठौं संस्करण हो । 
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताउनु भयो । यस्तै नेपालबाट सिरहा, नेपालगञ्ज लगायतका स्थानबाट टिमहरुले प्रतियोगितामा भाग लिने उहाले बताउनु भयो । 
टेनिस बलले नकआउट आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । यस पटक प्रतियोगिताको पुरस्कार राशीपनि बढाईएको अहमदले बताउनु भयो । पहिलो पुरस्कार २ लाख रुपैया तथा दोश्रो पुरस्कार १ लाख रुपैया तोकिएको उहाले बताउनु भयो । यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यानअफ द म्याच, अनुशासित टोलीलगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको उहाको भनाई छ । 
करिब २० लाख खर्च लाग्ने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् संगै लुम्बिनी सांस्कृतिक नगरपालिका एवम स्थानिय दाताहरुबाट सहयोग संकलन गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार