Logo
२०८३, कार्तिक ६ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ६ गते

प्रथम कालिका कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि मैनहिया मा.वि.लाई


  • लुम्बिनी चिन्तन
  • पौष १२, २०८० बिहिवार
  • 1.4K
    SHARES

प्रथम कालिका कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि मैनहिया मा.वि.लाई

भैरहवा पौष ११,
कालिका पब्लिक हाई स्कूल मायादेवी ६ बेथरीको आयोजनामा प्रथम कालिका कप टि २० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

विद्मालय व्यवस्थापन समितिका अध्यक्ष हरि गुरुड.को अध्यक्षता तथा मायादेवी गाउंपालिका अध्यक्ष ध्रुबनारायण चौधरीको प्रमुख आथित्यतामा प्रतियोगिताको उद्धघाटन भएको थियो । प्रतियोगितामा मायादेवी गाउंपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउंपालिका र सियारी गाउंपालिका का १६ वटा माध्यमिक तह का विद्मालयहरु सहभागी भएका थिए ।

मायादेवी गाउंपालिका र वरिपरिको स्थानीय तह का विद्मालयमा अध्यनरत विद्मार्थीहरुको क्रिकेट खेल प्रतिभालाई प्रस्फुटन गरी विद्मार्थीहरुलाई क्रिकेट खेल प्रति प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको कालिका पब्लिक हाई स्कूलका विद्मालय व्यवस्थापन समितिका अध्यक्ष हरि गुरुड.ले बताए ।

चार दिन सम्म जारी प्रतियोगितामा सियारी गौउपालिका वडानं २ मा रहेको मैनहिया माध्यामिक बिध्यालयले प्रतियोगिताको उपाधि हासिल गरेको थियो । प्रतियोगितामा आयोजक विद्मालय कालिका पब्लिक हाई स्कूल बेथरी उपबिजेतामा चित्त बुझाएको थियो ।  प्रतियोगितामा बिजेता मैनहीया माध्यामिक बिध्यालयले बिस हजार नगद सहित ट्रफी, सर्टिफिकेट र मेडल हातपारेको थियो ।

उपबिजेता  आयोजक विद्मालय कालिका पब्लिक हाई स्कूल बेथरीले नगद दश हजार सहित सर्टिफिकेट र मेडल हातपारेको थियो । प्रतियोगितामा वेष्ट वलर मैनहीया माबीका अजय हरीजन भएका थिए ।  बेष्ट ब्याट्सम्यान मैनहीया माबीकै आसिस यादव भएका थिए भने वेष्ट ल्पेयर कालिका पब्लिक हाईस्कुलका ब्रिज यादव भएको प्रतियोगिता संयोजक कालिका पब्लिक हाई स्कूल का प्रिन्सिपल विष्णु कुमार थापाले जानकारी दिए ।

photo 1.jpg

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी  प्याबसन लुम्बिनी प्रदेश सह कोषाध्यक्ष तथा रुपन्देही क्रिकेट संघ सल्लाहकार महेश भूर्तेलले पुरस्कार बितरण गर्नु भएको थियो । विद्मालय व्यवस्थापन समितिका अध्यक्ष हरि गुरुड.को अध्यक्षता सम्पन्न पुरस्कार वितरण कार्यक्रमको संचालक कालिका पब्लिक हाई स्कूल का शिक्षक रामेश्वर सुवेदीले गरेका थिए । पौष ७ गते देखी सुरु भएको प्रतियोगिता पुष १० गते सम्पन्न भएको थियो  ।


लुम्बिनी चिन्तन

थप समाचार