भैरहवा पौष ९/
लुम्बिनी प्रेस क्लवको स्थापना दिवसका अवसर पारेर सोमवार देखी भैरहवामा लुम्बिनी सुपर सिक्सेज कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतिया्गिताको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा समाजसेवी प्रज्जवल बोहराले द्धघाटन गरेका थिए । उद्धघाटनका क्रममा बोल्दै उनले पत्रकारको देशप्रतिको जिम्मेवारी अझ बढेको बताएका छन् । उनले देशलाई बचाउन सशक्त रुपमा अघि बढेर निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
पत्रकार राज्यको चौथो अंग हो, पत्रकारलाई सचेतकको रुपमा मानिन्छ । पत्रकारले समाचार निरन्तर समाजलाई सूसुचित गर्ने कार्य गरेका छन् उनले भने । उनले लुम्बिनी प्रेस क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगिता महत्वपूर्ण कार्यक्रम रहेको बताए । उनले खेलकुदले मानिसको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले खेलकुदमा अनुशासन आवश्यक रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले आ–आफ्ना भनाइ राखेका थिए ।
क्लबका सचिव तथा क्रिकेट प्रतियोगिताका संयोजक प्रकाश न्यौपानेको स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर–९ स्थित रेडक्रसको जग्गा (खेलमैदान)मा मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा ९ वटा टीमको सहभागीता रहेको छ ।