Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

धरौटी बुझाएर रिहा भए खाण


  • लुम्बिनी चिन्तन
  • मंसिर २९, २०८० शुक्रवार
  • 424
    SHARES

धरौटी बुझाएर रिहा भए खाण

भैरहवा मंसिर २९ ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण सम्पत्ति शुद्धीकरणको अभियोगमा १५ लाख रुपैयाँ धरौटी बझाएर रिहा भएका छन् । 

अदालतले कायम गरेको कुल धरौटीको आधा धरौटी कायम गरेर उनलाई धरौटीमा रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले जानकारी दिए ।

त्यसका लागि खाण आज दिउँसो विभागमा हाजिर भएका थिए । त्यसक्रममा उनले नबिल बैंकको १५ लाख बैंक ग्यारेन्टी राखेको महानिर्देशक शाहीले बताए ।

विभागले खाणलाई १५ माघमा तारिखमा बोलाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रहरीले विभागमा लेखेर पठाएको थियो ।

यसअघि खाणले आजै जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बैंक धरौटी बुझाएका थिए ।  नक्कली शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका खाण उच्च अदालतको आदेशमा धरौटीमा छुटेका हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार