Logo
२०८३, कार्तिक ६ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ६ गते

९ नम्बर वडा कप ,सेमीफाईनलका समिकरण पुरा


  • लुम्बिनी चिन्तन
  • मंसिर २९, २०८० शुक्रवार
  • 264
    SHARES

९ नम्बर वडा कप ,सेमीफाईनलका समिकरण पुरा


भैरहवा मंसिर २९ । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा जारी प्रथम वडा कपक्रिकेट प्रतियोगितामा सेमिफाईनलको समिकरण पुरा भएको छ । 
शुक्रबार भएको खेलहरुमाउदयपुरले प्रभातपथलाई, गोलिगढले गोनहियालाई र मिश्रौलियाले तिनकुनेलाई हराउदै सेमीफाईनलमाप्रवेश गरेका छन् । प्रतियोगिताको सातौ टिम कठौतिया“बाइ”पाउदै स्वतः सेमीफाईनलप्रवेश गरेको छ । 
गोनहियामा रहेको रेडक्रसको खेल मैदानमाभएको पहिलो खेलमाउदयपुर ८ विकेटले विजयीभएको छ । टस हरेर ब्याटिङ गरेको प्रभातपथ टीमले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाउदै ७९ रन बनाएको थियो । उसका लागि संगम पाण्डेले सर्वाधिक ३७ रन बनाए । यस्तै विवेक श्रेष्ठले ९ रन र युवराज बरालले ६ रन बनाए । बलिङ तर्फ उदयपुरको सुनिल जयसवालले ३ विकेट लिएभने सन्जय कुर्मीले २ र दिपक यादवले १ विकेट लिए ।
प्रतिउत्तरमा ८० रनको लक्ष्य उदयपुरले सहजै भेट्टायो । पाचौ ओभरमै लक्ष्य भेट्टाएको उदयपुरका लागिओपनर ब्याटर रहमान अलिले अविजित ४५ रन बनाए । सो क्रममा उनले १८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै साहिदअलिले २१ रन बनाए ।  खेलमा ४५ रन बनाएका रहमान  अलिमेनअफ द म्याच घोषित भए ।
यस्तै दोश्रो खेलमा गोलिगढले गोनहियालाई १० विकेटले हराएको थियो । टस जितेर गोनहियालाई ब्याटिङको निम्तो दिएको गोलिगढले उसलाई ४९ रनमै अलआउट पारेको थियो । गोनहियाका लागि बाबुरामले सर्वाधिक २२ रन बनाउदाअन्य ब्याटर भने चल्न सकेनन् । गोलिगढका बलर कृष्ण कार्कीले घातक बलिङ गर्दै २ ओभरमा ४ विकेट लिए, आशिष सहानीले ३ विकेट लिए । 
५० रनको झिनो लक्ष्यगोलिगढले चौथो ओभरमा कुनै विकेटको क्षतिबिना भेट्टायो ।

उसकालागिओपनर ब्याटरद्वययुवराजले २३ रन र आरीफले १५ रनको अविजितपारी खेले । यस मैचमा गोलिगढका बलर कृष्ण कार्की म्यानअफ द म्याच घोषित भए । 
शुक्रबार नै सम्पन्न तेश्रो खेलमा मिश्रो लियाले तिनकुनेलाई ६ विकेटले पराजित गरि सेमीफाईनलको यात्रा तय गरेको छ । टर हारेर ब्याटिङ गरेको तिनकुनेले अल आउट हुदै ५८ रन बनाएको थियो । उसका लागि अमित यादवले १७ रन र समीर गुरुङ्गले १० रन बनाए ।बलिङ तर्फ मिश्रौलियाका प्रमोद कुर्मीले ४ विकेट, सुरज कुमीले ३ विकेट र लवकुशले २ विकेट लिए । 
५९ रनको लक्ष्य सहित मैदान पसेको मिश्रौलिया ४ विकेट गुमाउदै लक्ष्य पाएको थियो । उसका लागि शिवशंकरले बिष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३ छक्का र २ चौकाको मद्दतमा अविजित २७ रन बनाए । यस्तै अरुनकुर्मीले १५ रन र अमृत कुर्मीले १४ रन बनाए । बलिङ तर्फ तिनकुनेका अमितयादवले २ विकेट लिए । यस मैचमामिश्रोलियाका प्रमोद कुर्मी म्यानअफ द मैच घोषित भए । 
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को वडा कार्यालयको आयोजनामा जारी प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १५ हजार, दोश्रोले १० हजार एवं तेश्रो हुने टीमले ५ हजार प्राप्त गर्ने वडा सचिव अब्दुल रसिद पठानले बताए ।
भोलीको सेमीफाईनलको खेल बिहान ८ बजे देखीगोनहियामा रहेको रेडक्रस खेल मैदानमाहुने पठानले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार