Logo
२०८३, कार्तिक ६ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ६ गते

मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ प्रथम


  • लुम्बिनी चिन्तन
  • मंसिर १६, २०८० शनिवार
  • 344
    SHARES

मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ प्रथम

रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवस तथा औद्योगिक दिवस–२०८० को अवसरमा बिहीबार व्यवसायिक संघ–संस्थाहरुबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

रुपन्देहीमा क्रियाशिल व्यवसायिक संघ–संस्थाहरुको सहभागीता रहेको प्रतियोगितामा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देही प्रथम भएको भएको छ । फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी बोनिन पिया र जिवकान्त काफ्लेबीच प्रतिष्पर्धा भएको थियो । जसमा लुम्बिनी ईट्टा व्यवसायी संघको जोडी दिलिप गौचन र बाबुराम पाठक विजयी भइ प्रथम भएको हो । फाइनलमा दिलिप गौचन र बाबुराम पाठकको जोडीले २१–१६ र २१–१६ को सोझो सेटमा जीत निकालेको थियो ।

प्रतियोगितामा बोनिन पिया र जिवकान्त काफ्लेको जोडी दोस्रो तथा हिरामणी भट्टराई र गोविन्द भुसाल तथा यादव भण्डारी र कमल ज्ञवालीको जोडी तेस्रो भएको छ ।

पहिलो सेमीफाइनलमा रुपन्देही उद्योग संघको हिरामणी भट्टराई र गोविन्द भुसाल तथा दिलिप गौचन र बाबुराम पाठकको जोडी खेलेको थियो भने दोस्रोमा बोनिन पिया र जिवकान्त काफ्ले तथा औद्योगिक क्षेत्र उद्योग संघको यादव भण्डारी र कमल ज्ञवालीको जोडी खेलेको थियो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देही उद्योग संघ, लुम्बिनी ईट्टा व्यवसायी संघ, उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघकातर्फबाट १२ वटा टीमको सहभागीता रहेको कार्यक्रम संयोजक बल बहादुर गोदारले बताए । प्रतियोगिता न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको शिवनगर सामुदायिक वनमा निर्मित कबर्ड हलमा आयोजना गरिएको थियो ।

mela bhairahawa.jpg

ब्याडमिन्टन प्रतियोगिताको विजेताहरुलाई संघले शुक्रबार आफ्नो ४६ औं स्थापना तथा औद्योगिक दिवसको अवसरमा सम्मान गरेको छ । लुम्बिनी ईटा उद्योग व्यवसायी संघका सचिव, पाठक सिमेन्ट एवं पाठक मोटर्सको सञ्चालक बाबुराम पाठक तथा संघका कार्यसमिति सदस्य एवं अजन्ता ईटा तथा द फ्लेमिङो होटलका सञ्चालक दिलिप गौचनलाई संघले सम्मान गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठले विजेताहरुलाई सम्मान गरेका थिए ।

लुम्बिनी ईट्टा व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै आयोजक रुपन्देही उद्योग संघप्रति आभार व्यक्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार