Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बालकृष्ण खाणले न्याय पाउँछन् : सभापति देउवा


  • लुम्बिनी चिन्तन
  • मंसिर १२, २०८० मंगलवार
  • 360
    SHARES

बालकृष्ण खाणले न्याय पाउँछन् : सभापति देउवा

भैरहवा मंसिर १२/

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने बताएका छन्।

रुपन्देही कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए। ‘अदालतमा विचाराधीन रहेका कतिपय कुराहरूमा बोल्न मिल्दैन, तर खाणले न्याय पाउनेछन्,’ उनले भने।

mela bhairahawa.jpg

 

फरक प्रसंगमा सभापति देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने बताए। ‘विमानस्थल नियमित सञ्चालनमा किन ढिलाइ भैरहेको छ, त्यस विषयमा सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्छु,’ उनले भने।


लुम्बिनी चिन्तन

थप समाचार