भैरहवा कात्तिक १६/
युनिभर्षल मेडिकल कलेजमा उपचार सेवालाई ब्यवस्थित गर्दै अध्यनलाई कडाई गर्न थाले पछि विध्यार्थीहरु आन्दोलित बनेका छन् ।
बिभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका विध्यार्थीहरु अहिले आएर प्राध्यापक डां लक्ष्मी पाठकको राजिनामाको एक सुत्रिय माग राखेर आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजमा उपचार सेवामा भएको कमजोरीलाई सुधार गर्दै शैक्षिक गुणस्तर सुधार गर्न र अनुसासन मा बाध्न कलेज ब्यवस्थापनले ड्र्ेस कोड लागु गरेको श्रोतको भनाई छ ।
कस्को ड्युटी हो भनेर छुट्याउनै गार्हो हुने, इन्टर्न को हुन, मेडिकल अधिकृत को हुन, रेजिडेन्ट चिकित्सक को हुन, एम विवि एस का विद्यार्थी को हुन भनेर त्यही कलेजमा काम गर्ने स्टाफले र अरु प्रोग्रामका शिक्षकहरुले पनि चिन्न नसकेको अवस्थामा बिरामी र बिरामीका कुरुवाहरुलाई झन कति गार्हो हुन्छ त्यो अनुमान गर्न सहजै सकिन्छ।
रेजिडेन्ट चिकित्सकहरुले सेतो कोटको भरमा इन्टर्न बिध्यार्थीहरुलाई जिम्मेवारि दिएर आफ्नो डियुटि रोस्टर अनुसार ड्युटी स्टेसनमा नबस्ने पनि भेटिने गरेको पाइन्छ। चिकीत्सकहरुले ओपिडि , आकस्मिक उपचार कक्ष संगै अप्रेसनपछि वार्डमा भर्ना भएका बिरामीको राउण्ड चेकअपमा जांदा पनि बिध्यार्थीहरुलाई मात्र जिम्मेवार बनाइ बिरामीहरुको ड्कुमेन्टमा उनै बिध्यार्थिहरुको सिग्नेचर मात्र प्रयोग गरेको पनि भेटिए पछि अस्पताल प्रसाशनले कन्सल्टेन्ट चिकित्सकहरुलाइ पनि अल्लि कडाई गर्न थालीनी गरेको हो ।
अस्पतालको ईमरजेन्सी कक्षमा बिरामिलाइ चेकजाच गर्दा ५,७ जना सेतो एप्रोन लगाएर आएका ब्यक्तीहरुले बिरामीहरुको हिस्ट्र्ी लिने मात्र गर्ने तर केही इन्भेस्टिगेसन र उपचार सुरु गर्न नमिल्ने हुदा बिरामीका आफन्तहरुले बिरामीको उपचारमा ढिलाइ भएको गुनासो गर्ने गरेको अस्पताल प्रसाशनले बताएपछि बिध्यार्थी र चिकीत्सकहरुको भिन्नता ड्र्ेस कोड बाट छुट्याउन सजिलो हुनेछ।
बिहान ९ बजे देखी दिउँसो ४ बजे सम्म डियुटिमा रहेका कन्सल्टेन्ट चिकीत्सकहरुबाट र दर्ताबाल रेसिडेन्ट चिकित्सकहरुलाइ आफ्नै उच्च निगरानीमा राखी बिरामी चेक जाच र उपचार हुनु पर्नेमा निगरानी अल्लि कम भएको हुदा बिरामीहरुको गुड्ण्स्तरिय स्वास्थ सेवा पाउनुपर्ने अधिकार खोसीएको छ, श्रोत भन्छ ।
डा लक्ष्मी पाठ्कले येतातिर बढी ध्यान दिन थालेपछि आफुहरुले अल्लि बढी जिम्मेवारी बोध लिनुपरेकोमा आफुलाइ कसेको ठानेका चिकत्सिकहरुले पनि केही दिन अगाडि बिध्यार्थिहरुको आन्दोलमा एकिबद्धता जनाउदै बिना हस्ताक्षरको बिज्ञप्ती जारी गरेका थिए । मेडिकल कलेजमा अध्ययन गर्नु भनेकै कन्सल्टेन्ट चिकित्सकहरुले बिरामीहरुलाई उपचार गर्दागर्दै बिध्यार्थीहरु सङग्सङ्गै लागेर सिक्ने पढ्ने हो।
आकस्मीक कक्षमा सबै सेतो एपरोन लगाउने चिकीत्सकहरु होईनन। तर बिरामीका अभिभावकले सेतो कपडा लगाएको देख्ने बित्तिकै डक्टरसाप भन्ने बुझ्दछ्न र उपचारका लागी आग्रह गर्छन। हो अहिले मेडिकल कलेजको आन्दोलन यहि स्थानमा आएर अडकीएको छ ।
बिध्यार्थीहरुमा ड्रेस कोड लागु गर्ने बित्तिकै बिरामीका अभिभावकहरुले उनिहरु बिध्यार्थी हुन भनी बुज्ने र अभिभावकहरुको अनुमतीमा मात्र चेकजाँच गर्न मिल्ने प्रष्ट बुज्छ्न तर समय मै उपचार पाउनु पर्छ र त्यस्को लागि भने मेडिकल अधिकृत, रेसिडेन्ट चिकित्सक र कन्सल्टेन्ट चिकित्सकहरुले मात्र उपचार गर्न मिल्छ भन्ने पनि प्रष्ट हुने हुदा बिध्यार्थीहरुलाइ अभिभावकले आप्ना बिरामी चेकजाच गराउन नदीने हुन कि भन्ने डर बिध्यार्थीहरुमा हुदा सिक्ने मौका पाउदैनौ भनेर नै ड्रेस नलगाउने बहानामा प्राचार्य को नोटिस लाइ नटेरी आन्दोलन तिर लागेको बुझिन्छ।
असोज २२ देखि विद्यार्थीहरूले अस्पतालका सबै विभागमा तालाबन्दी गरेर रिले अनसन सुरू गरेका छन् । उनले प्रिन्सिपलले राजीनामा दिनुपर्ने भन्दै अब थप सशक्त आन्दोलन गर्ने बताएका छन् । बिध्यार्थीहरुको देखीने नेता कोही छैनन् । कसैले केही प्रतिकृया दिदैन । बिध्यार्थीहरु बिच वाड्सप ग्रुप र मेसेन्जर ग्रुप बनाएर केही बिध्यार्थीहरुले निर्देशन दिने गरेका छन् ।
हामीले गरेको आन्दोलनमा प्रिन्सीपल डा लक्ष्मी पाठकले राजीनामा नदीए हामीलाई पछि फेल गराउने रिसिवि साधने काम हुन्छ त्यसैले राजिनामा बाहेक अन्य केही हुदैन भनेर निर्देशन दिने गरेका छन् ।
मेडिकल कलेजले सोमबार सांझ एक बिज्ञप्ती जारी गरी बिध्यार्थीहरुले उठाएका जायज मागहरु सम्बोधन भएको र प्रिन्सीपल डा. लक्ष्मी पाठकको राजिनामा का बिषयमा ब्यक्ति फरक नहुने तर समस्याहरु भए समाधान गरि बिचार गर्ने भनेको छ ।
कलेजले कुनै पनि आन्दोलनरत बिध्याथीहरुको बिषयमा केही गलत निर्णय नगर्ने प्रतिबद्धता जनाएको छ । डा पाठकले पनि कुनै किशिम को पुर्वाग्रह नगर्ने प्रतिबद्धता जनाइसकेको देखिन्छ। आन्दोलनरत बिध्यार्थीहरुलाई कलेज प्रशासनले आफ्नो पढाइ लेखाइ र ड्युटी सुरु गरि आन्दोलन बन्द गरि आफ्नो समय खेर नफाल्न र अस्पताल बन्द गरि बिरामीहरु लाई दुख नदिन अनुरोध गरेको छ।