Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

थाईल्याण्डका बौद्धधर्मगुरुहरु द्धारा लुम्बिनीका ३२ जना बिरामीहरुको निशुल्क घुडा प्रत्यारोपण


  • लुम्बिनी चिन्तन
  • आश्विन १९, २०८० शुक्रवार
  • 376
    SHARES

थाईल्याण्डका बौद्धधर्मगुरुहरु द्धारा लुम्बिनीका ३२ जना बिरामीहरुको निशुल्क घुडा प्रत्यारोपण

भैरहवा असोज १७ । 
थाईल्याण्डका बौद्धधर्मगुरुहरुले गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुडा प्रत्यारोपण गरेका छन् । 
थाइल्याण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र  सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुडा प्रत्यारोपण गरिएको हो । 
भैरहवामा रहेको सिद्धार्थ सिटि अस्पताल संग सहकार्य गरी थाइल्याण्डको सिरीराज हस्पिटलका प्रोफेसर डा. किराती सिको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले अत्याधुनिक प्रविधि मार्फत घुँडाको प्रत्यारोपण गरेका हुन । 
राजकीय थाई विहार लुम्बिनीको समन्वयमा थाइल्याण्डका राजाको जन्मदिनको अवसर पारेर गत जुलाई २७ र ३० तारिखका दिन बुद्धजन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निशुल्क रुपमा छनौट स्वास्थ्य शिविर गरिएको थियो । त्यतिखेर ७ सय ७ जनाको निशुल्क परीक्षण गरिएको थियो । बुद्धको पहिलो पाईला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुँडा प्रत्यारोपण गरिएको छ ।
निकै महगो र खर्चिलो उपचारका रुपमा रहेको घुडाको प्रत्यारोपण बुद्धजन्मस्थल लुम्बिनी र यसआसपासका बिरामीलाई केन्द्रीत गरी निशुल्क रुपमा गरिएको हो । बुधबार एक कार्यक्रमकाविच घुडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीहरुको उत्साहका लागि आयोजित कार्यक्रममा नेपालमा आधुनिक प्रविधि मार्फत घुडाका बिरामीलाई निशुल्क उपचार गरेकोमा धन्यवाद दिइएको थियो । बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकहरुको पहलमा पहिलोपटक स्वास्थ्य शिविर गरिएको आयोजकहरुले बताएका थिए । 
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले थाइल्याण्डको चिकित्सकहरुको टोलीले लुम्बिनी क्षेत्रका स्थानीयहरुको उपचार गरेर ठूलो योगदान दिएको बताए । उनले बुुद्धको उपदेश मानवसेवा नै भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताए । 
कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिक रुपमा विपन्नहरुलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकोमा थाइल्याण्डका बौद्धध्यान गुरु भिक्षु सुधर्मले खुशी व्यक्त गरे । नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि भिक्षु फ्रा अनिल सुगन्धले समन्वय गरेका थिए । उनले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज हस्पिटलका चिकित्सक प्रोफेसर किराँतीको अगुवाईमा ठूलो स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताए । 
थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोँच अनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताए । लुम्बिनी आएर बिरामीहरुको उपचार गर्न पाउँदा निकै खुशी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचले बताए । उनले उपचार गरेकाहरु २ घन्टामै हिड्न सफल भएको बताए ।  सोमबार १४ र मंगलबार १६ जना बिरामीहरुको घुँडाको अपरेशन गरिएको थियो । 
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगहरुको निशुल्क उपचार सेवा स्थानीयहरुले पाएको बताए । घुँडा प्रत्यारोपणका लागि बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थोरापी र नर्स र अन्य सहयोगी टिम सहित ४५ जनाको टिम थाइल्याण्डबाट आएको थियो । उपचारका लागि विभिन्न सामान तथा उपकरण थाईल्याण्डबाटै ल्याएको थियो । 
सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुवोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महंगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफुहरुको अस्पतालमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा घुँडाको शल्यक्रिया गरिएका बिरामीहरु हिँडेका थिए ।  
कार्यक्रममा थाइल्याण्ड राजदुतावासका प्रतिनिधि, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, राजकीय थाई विहार लुम्बिनीका सुफोत भन्ते, लगायतले शिवीर वटा सर्बसाधारण सेवा पाएकोमा थाईल्याण्डको राजपरिवारलाई धन्यवाद दिए । 


लुम्बिनी चिन्तन

थप समाचार