Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

ओली नेतृत्वको सरकारमा जसपा नजाने : यादव


  • लुम्बिनी चिन्तन
  • चैत्र १३, २०७७ शुक्रवार
  • 924
    SHARES

ओली नेतृत्वको सरकारमा जसपा नजाने : यादव

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा नजाने स्पष्ट पारेका छन ।
प्रेस मञ्च रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले कुनै पनि हालतमा हामी ओली नेतृत्वको सरकारमा जान्नौ, अबको सरकारको नेतृत्वका लागि नेपाली काँग्रेस वा नेकपा (एकीकृत माओवादी) ले अगुवाई गर्नु पर्ने बताए ।


ओली नेतृत्वको सरकारको बहिर्गमन नै अहिलेको राजनीतिक निकास भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदलाई कामविहिन बनाएर असफल पार्नेमा प्रयासरत रहेको छन । सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनु पर्छ  । 


संसद असफल पार्नेतर्फ सरकार लागेको आरोप लगाउदै यादवले पुर्नस्थापित संसदलाई समाप्त गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवाद लाद्न खोजेको बताए । अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भने । सरकारसँग पार्टी नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागिमात्र भएको भन्दै यादवले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

प्रधानमन्त्रीको हरेक कदम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघियता विरोधी भएको उनको आरोप छ । प्रधानमन्त्रीले संविधान धारा २८४ विपरित अध्यादेश मार्फत सवैधानिक परिषद नियुक्ति गरेर स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएको बताए ।

प्रधानमन्त्रीले संसद विघटन भएपछि त्यसलाई असंवैधानिक र प्रतिगामी कदम भनेर जसपा सडक आन्दोलन होमिएको बताए । संविधान र संसदमाथि प्रहार गरेपछि अहिले फेरी संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि समाप्त पार्न लागि परेको बताए । पत्रकार सम्मेलन प्रेस मञ्च नेपालका सचिव टि.आर शर्माको अध्यक्षता र प्रेसमञ्च रुपन्देहीका सदस्य बसन्त आचार्यको सञ्चालनमा भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार