भैरहवा भदौ १५/
रुपन्देहीको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कपको २१ औं संस्करण भदौ २३ गते देखी कोटिहवामा सुरु हुदैछ । प्रतियोगीको प्रथम पुरस्कार ३ लाख ५ हजार रुपैया रहेको छ । २१ औं संस्करणबारे जानकारी उद्देश्यले पत्थरडाडामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख ५ हजार , दोश्रो हुनेलाई १ लाख ५५ हजार र सेमी फाईनलमा पुगेका अन्य २ टिमलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताका मोष्ट भ्यालुएबल खेलाडीलाई २५ हजार, प्रत्येक मैचका मेन अफ द म्याचलाई ३ हजार ५ सय, बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाईस्कोरर लाई जनही १० हजार रुपैयाका दरले पुरस्कृत गरिने उनले जनाए ।
प्रतियोगितालाई स्थानिय श्री कुमारी गुरुङ्ग र उनको परिवारले आफ्नो बुवा स्वर्गिय जमान सिंह गुरुङ्गको स्मृतिमा मूख्य प्रायोजन गरेकी छिन । करिब २० लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको लागि अन्य रकमको जोहो टिकट एवम सह प्रायोजकहरु मार्फत गरिएको आयोजकको भनाई छ । क्लबका अध्यक्ष तिर्थराज मल्लले प्रतियोगितको क्वार्टर फाईनल सम्मका खेलका लागि जनही १ सय रुपैया, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैया टिकट तोकिएको बताए । यस्तै दैनिक रुपमा खेल हेर्न आउने दर्शकको लागि सिजनल टिकटको रुपमा १ हजार रुपैया तोकिएको उनले बताए ।