भैरहवा साउन २९/
नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले ‘आन्तरिक विशेष अभियान’ कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपसभामुख महिला नेतृ पुष्पा भुषालको प्रमुख आतिथ्यतामा ‘आन्तरिक विशेष अभियान’ कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेतृ भुषालले नेपाली कांग्रेसको यो १० दिने ‘आन्तरिक विशेष अभियान’ले अब पार्टीभित्र रहेको मतभिन्नता, असहमति, द्धण्द्ध र संगठन भित्र रहेको कमजोरीहरुलाई निराकरण गर्दै निश्चित रुपमा तल्लो तहसम्म बलियो बनाउँदै २०८४ सालको निर्वाचनमा सकारात्मक परिणाम ल्याउने बताउनुभयो ।
पार्टीले यस पटक बैठकलाई प्रत्यक्ष प्रशारण तथा सदस्यता वितरण प्रकृयालाई सहज पहुँचका लागि समेत अनलाइन प्रविधिमा लगेकोले अब समय सुहाउँदो पार्टीलाई डिजिटलाइजेसन प्रक्रियामा अघि बढेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, प्रदेश प्रतिनिधि त्रिलोक्य प्रताप सेन, पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश प्रतिनिधि भिम बहादुर थापा भरत, जिल्ला प्रतिनिधि तथा जिल्ला सचिव हरि प्रसाद काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, संविधानसभा सदस्य जैनुतिन निशा धुनिया, सिद्धार्थनगर पालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ, लुम्बिनी प्रदेशसभाका पुर्व सदस्य तथा नेपाल महिला संघका केन्द्रिय सदस्य रमा अर्याल, नेपाली कांग्रेस प्रदेश ३ ख का सभापति घनश्याम चालिसे, नेपाली कांग्रेस शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल, नेपाली कांग्रेस सिद्धार्थनगर पालिका वडा नं. ११ का सभापति केदार प्रसाद कुर्मी लगायतले पार्टीलाई कसरी बलियो बनाउने र आगामी कार्यदिशाका बारेमा आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रम नेपाली कांग्रेस प्रदेश ३ क का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।