Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेस लामो समय मौन बस्न सक्दैन : खाँण


  • लुम्बिनी चिन्तन
  • चैत्र १३, २०७७ शुक्रवार
  • 1.0K
    SHARES

कांग्रेस लामो समय मौन बस्न सक्दैन : खाँण

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नयाँ राजनीतिमा देखियोको अनपेक्षित अवस्था बिस्फोट हुनसक्ने बताएका छन ।
राज्य टेलिभिजन बुटवलले आयोजना गरेको मानव अधिकारको प्रवर्द्धन र लोकतन्त्रको सबलीकरणमा मिडियाको भूमिका एवम् बधाई कार्यक्रममा बोल्दै नेता खाणले जनताले अपेक्षा गरेको भन्दा धेरै फरक अवस्था भएको छ, मुलुकको राष्ट्रिय राजनीतिमा कालो बादल मडारिएकाले विष्फोट हुन सक्ने बताए । 
सरकारका विषयमा पार्टी लामो समय मौन बस्न सक्दैन, संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने बारे छिटो निर्णय गर्ने पर्छ । नेता खाँडले मुलुकको पछिल्लो राजनीतिक अवस्था जनताले चाहे भन्दा धेरै पृथक भएकाले समयमै निकास दिन नसके ठूलो निराशा र विद्रोह हुनसक्ने तर्क गरे । उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए ।

राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको बताए ।अहिलेको सरकार विस्थापन गरी नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले यस विषयमा निर्णय गर्न सकेको छैन ।


लुम्बिनी चिन्तन

थप समाचार