Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

समाजवादी विद्यार्थी युनियन रुपन्देहीको अध्यक्षमा विरेन्द्र यादव


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८० शनिवार
  • 682
    SHARES

समाजवादी विद्यार्थी युनियन रुपन्देहीको अध्यक्षमा विरेन्द्र यादव

भैरहवा, २० साउन । 
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपाल रुपन्देहीको जिल्ला समिति भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । भेलाले विरेन्द्र कुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । युनियनको जिल्ला उपाध्यक्षमा राजकुमार हरिजन, अनिसुर रहमान, विनय यादव, सचिवमा कौशलेन्द्र कुमार मिश्रा, सह–सचिवमा मनिराम यादव, चन्द्रप्रकाश यादव, सुनिल उपाध्याय, कोषाध्यक्षमा पोषराज थारु, सह–कोषाध्यक्षमा अमरिस पाण्डेय, सुग्रिम यादव र अंवतिका शर्मा रहेको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए । 

1691235251-xBN0y.jpg

भेलाको उद्घाटन गर्दै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले केही तत्वले संघीयताबारे भ्रम फैलाएको बताए । उनले मुलुकको विकासका लागि संघीयता अपरिहार्य भएको बताए । उनले भने, ‘जात, धर्म, भुगोलको आधारमा विभेद गर्न पाइँदैन । नयाँ युगको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ । ’ नेता यादवले प्रत्येक नेपाली नागरिक राज्यको नजरमा बराबर हुनुपर्ने बताए । उनले समाज र मुलुकका लागि विद्यार्थीहरुले योगदान गर्छु भन्ने प्रण गर्नुपर्नेमा जोड दिए । 

 

जसपाका राजनीतिक समिति सदस्य मनिकर कार्कीले पार्टी निर्माण हुने भनेको समाजमा रहेका समस्याको पहिचान गर्नु र ती समस्याको समाधान खोज्नु भएको बताए । उनले जसपाले देश परिवर्तन र विकासका लागि आवश्यक मुद्दाको नेतृत्व र समाधानका लागि अघि बढेको पार्टी भएको बताए ।

जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले जसपा रुपन्देहीमा पहिलो पार्टी बन्ने दावी गरे । पार्टीकी केन्द्रीय सदस्य रीता यादवले संघीयताबारे भ्रम फैलाउने प्रयास गरिएको बताइन् । जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले परिवर्तनमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । 

समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष रमेश यादव, कोषाध्यक्ष शत्रुधन यादव, जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादव, निवर्तमान जिल्ला अध्यक्ष रामअवतार यादव, निवर्तमान जिल्ला सचिव गोविन्द यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष विकास यादव, जसपा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक जावेद आलमलगायतले बोल्दै मुलुकको विकास जसपाले नै गर्ने दावी गरे ।

समाजवादी विद्यार्थी युनियन, रुपन्देहीका अध्यक्ष राहुल यादवको अध्यक्षता, जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादवको प्रमुख आतिथ्यता, विरेन्द्र यादवको स्वागत तथा कौशलेन्द्र कुमार मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार