भैरहवा साउन १९/
नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत संचालित आँखा उपचार केन्द्रहरुको बार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी मणिग्राममा सम्पन्न भएको छ ।
कार्यक्रम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्राध्यापक डा. ज्ञानेन्द्र लामिछानेको सभापतित्व र अस्यताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुद्धोधन गाउपालिका,मर्चवारी गाउपालिका,सम्मरी गाउपालिका,सियारी गाउपालिकाका अध्यक्षहरु ,नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्पताल अन्तर्गत संचालित ८ वटा आँखा उपचार केन्द्रका ईन्चार्जहरुले आर्थिक बर्ष २०७९।२०८० को एकबर्षमा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको बारेमा जानकारी तथा आउने दिनहरुमा गर्ने कार्यक्रमहरु बारे पनि उपस्थित सबैमा जानकारी गराएका थिए ।
समापन कार्यक्रममा सह प्राध्यापक डा कबिन्द्र बज्राचर्यले उपस्थित सम्पुर्ण अतिथि तथा सहभागिहरु लाई स्वागत गर्नु भएको थियो । कार्यक्रम नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थी र गणेश बहादुर क्षेत्रीको संचालनमा भएको थियो ।
कार्यक्रममा बर्षभरी उत्कृष्ठ कार्यगर्ने रोहिणि आँखा उपचार केन्द्रलाई चिफ मेडिकल डाईरेक्टर प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनु भयो ।