Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

श्रीकृष्ण नेत्रालयको कार्यसमीक्षा बैठक सम्पन्न, चालु आर्थिक वर्षमा करीब ५० हजार जनाको आंखा जांच गर्ने लक्ष्य


  • लुम्बिनी चिन्तन
  • श्रावण १४, २०८० आइतवार
  • 2.0K
    SHARES

श्रीकृष्ण नेत्रालयको कार्यसमीक्षा बैठक सम्पन्न, चालु आर्थिक वर्षमा करीब ५० हजार जनाको आंखा जांच गर्ने लक्ष्य


भैरहवा साउन १४/
श्रीकृष्ण नेत्रालय भैरहवाको कार्यसमीक्षा बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । 
आंखा उपचारको क्षेत्रमा विशिष्ट सेवा प्रदान गर्दै आईरहेको नेत्रालयले गत  आर्थिक वर्ष २०७९। ०८० मा गरेका कामहरुको समिक्षा गर्दै सेवालाई अझ जनमुखी बनाउने योजना अघि सारेको नेत्रालयका प्रबन्ध निर्देशक आमोद सिंहले जानकारी दिनु भयो । 
उहाका अनुसार आंखाको उपचारमा प्रयोग हुने नयां प्रविधि प्रयोग गरी चालु आर्थिक वर्ष २०८०। ०८१ मा करीब ५० हजार जनाको आंखा जांच गर्ने नेत्रालयको लक्ष्य छ । जसका लागि ग्रामिण भेगका आम नागरिकले सहज सेवा पाउने गरी सेवा प्रवाह गरिने नेत्रालय टीमले जनाएको छ । 
बैठकमा डां शुदर्शन प्रसाद धिताल, प्रा.डा.सल्मा केशी, डा. रोसिजा ढकाल, आमोद सिंह, नारायण किशोर गैरे, मोलहु गुप्ता, सौरभ सरकार लगायतले आआफ्ना भनाई राख्दै नेत्रालयबाट प्रदान गरिने आंखा सम्बन्धि हरेक सेवा प्रभावकारी बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभएको थियो । 
सिद्धार्थनगरको नयां सडक रुद्रपथमा रहेको नेत्रालय आंखाको उपचारका लागि विरामीहरुको पहिलो रोजाई बन्ने गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार