Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बालकृष्ण खाणबारे कांग्रेस प्रवक्ताले भने–दोषी प्रमाणित नहुँदै निलम्बन गर्नु उचित हुँदैन


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८० मंगलवार
  • 380
    SHARES

बालकृष्ण खाणबारे कांग्रेस प्रवक्ताले भने–दोषी प्रमाणित नहुँदै निलम्बन गर्नु उचित हुँदैन

भैरहवा, ८ साउन ।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले दोषी प्रमाणित नहुँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई तत्काल पार्टीबाट कारवाही नहुने संकेत गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय उठिरहेका बेला प्रवक्ता डा. महतले खाणकै यस्तो बताएका हुन् । 

356771991_960104591728349_8422512543164047612_n.jpg

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले खाण आफैले दोषी नरहेको बताइरहेका बेला न्यायधीश बनेर कारवाही गर्नु उचित नभएको बताए । ‘स्वयं बालकृष्णजीले म दोषी होइन, गल्ती गरेको छैन, अदालतमा फेस गर्छु भनेको बेला हामीले हटाउनहुँदैन, पहिला पनि यस्ता विषय आएका हुन् फैसला नहुँदै गरिएको छैन, प्रमाणित भएपछि मात्र हुन्छ’ नेता महतले भने–‘उहाँको पार्टीमा ठूलो योगदान छ, उहाँ परेकोमा हामी दुःखी छौं, हामी छानबीनकर्ता होइनौ, हामीले नै दोषी भन्नुहुँदैन ।’

bhairahawa namuna.jpg

‘ठूलठूला नेताहरुलाई नियोजित रुपमा फसाइएको इतिहास छ, त्यही भएका कारण पनि हामीले हतार गर्नु राम्रो होइन, कानूनको कोर्षमा रोक्न कोशिस गरेनौं, निष्पक्ष छानबीन हुनुपर्छ’ डा. महतले भने– ‘दोषी प्रमाणित भयो भने कारवाही भइहाल्छ नी । ’

नेता महतले पार्टीको बैठक सधै सबै बैठक लाइभ हुन नसक्ने बताउँदै अहिले प्रत्यक्ष प्रशारणले पार्टीभित्रका धेरै भ्रम हटेको बताए । ‘भित्र एउटा कुरा गर्ने बाहिर अर्कै कुरा गर्नेहरुलाई यसले हैरानी पारेको छ, अब नेतृत्व गर्नेहरु अनावश्यक किचलोमा परेर कार्यकर्ताबीच कस्तो सन्देश जान्छ ? अब यसो गर्नुहुँदैन भन्ने सन्देश यसले दियो, तर अब सबै बैठक लाइभ हुन्छन् भन्ने होइन, अब एउटा कार्यविधि बन्छ सोहीअनुसार अगाडि बढ्छौं ।’

add sai 26.jpg

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा ठूला ठूला कुराहरु घोषणा गरिएको बताए । उनले मुलुकमा अफ्ठयारो परेको बेला कांग्रेसले नै सम्हाल्ने गरेको बताए । नेता डा. महतले भने, ‘कांग्रेस जिम्मेवार पार्टी हो, हामी जिम्मेवारीपूर्वक काम गर्छौं, तर काम गरेको कुरा प्रचार गर्न उदासिन भयौं । समस्या भनेकै प्रचार गर्न सकेनौं ।’

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार