Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले आयोजना गरेको निशुल्क आंखाशिविर तिन सय जनाले लाभ लिए


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८० शनिवार
  • 1.2K
    SHARES

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले आयोजना गरेको निशुल्क आंखाशिविर तिन सय जनाले लाभ लिए


भैरहवा असार २३/
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर किशोरपुर रुपन्देहीको आयोजनामा महात्माबुद्ध माध्यामिक बिध्यालय परिषरमा निशुल्क आंखा शिविर कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल  नेत्र ज्योती सघ लुम्बिनी  नेत्र विज्ञान अध्यान सस्थान,श्री रण अम्विका शाह आखा अस्पताल  भैरहवाको प्राविधिक  सहयोगमा एक दिने आखा शिविरमा तिन सय बिरामीले सेवा लिएको समुहका अध्यक्ष शान्ता कडेलले जानकारी दिनु भयो ।
नेपाल  नेत्र ज्योति सघ लुम्बिनी  प्रदेश  सभापति  सागर प्रताप राणाको प्रमुख आथित्यता तथा  हिन्दु युवा वाहिनि लुम्बिनी  प्रदेश अध्यक्ष  पुरनसिङ रानाको बिशिष्ठ आथित्यथामा सम्पन्न कार्यक्रममा  बिध्यालयका कर्मचारी , सुरक्षाकर्मी , संचारकर्मी , लगायतको उपस्थिती रहेको थियो । 
समुहका अध्यक्ष  शान्ता कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सस्थाकी सचिव लाजिना देवकोटाले गर्नुभएकोे थियो । सो अवसरमा संस्थाकि बरिस्ठ  उपाध्यक्ष  सचिता अर्याल ,उपाध्यक्ष  निरु राना आमन्त्रीत अतिथिहरुलाई स्वागत तथा सम्मान गर्नु भएको थियो । 
निशुल्क आंखा शिविरमा उपस्थिति  सम्पूर्ण  सहभागीहरु , रण अम्विका आखा अस्पताल बाट प्रत्यक्ष खटिएका  सम्पूर्ण प्राबिधिक टिम , प्रभा क्षेत्री लगाएत टिमलाई महिला समुहले धन्यवाद प्रदान गरेको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार