Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मलेसियालाई पराजित गर्दै नेपालले उचाल्यो इस्ट जोन कपको उपाधि


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८० मंगलवार
  • 396
    SHARES

मलेसियालाई पराजित गर्दै नेपालले उचाल्यो इस्ट जोन कपको उपाधि

काठमाण्डौ असार १९/

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दैं उपाधि उचालेको छ। 

sahari bikashrupandehi add.jpg

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो। मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ३१ रन जोड्न सफल भयो। 

ucms add.jpg

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेलेर नेपाललाई जितको नजिक पु¥याएका थिए। 

siddhartha add.jpg

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए। सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे। मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १÷१ विकेट लिए।  


लुम्बिनी चिन्तन

थप समाचार