Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्यहरुलाई युसीएमएसमा छुट


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८० मंगलवार
  • 572
    SHARES

सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्यहरुलाई युसीएमएसमा छुट

भैरहवा, १९ असार ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आबद्ध सदस्यहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाले उपचारमा छुट प्रदान गर्ने भएको छ । सोमबार सिद्धार्थ उवासंघ र युसीएमएसबीच छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले हस्ताक्षर गरेका हुन् ।

siddhartha add.jpg

सम्झौताअनुसार संघमा आबद्ध सदस्यहरुलाई युसीएमएसले जनरल बेड चार्जमा ५० प्रतिशत, केबिनरडिलक्स वार्ड चार्जमा २० प्रतिशत, क्रिटिकल केयर बेड चार्जमा १० प्रतिशत, जनरल ल्याब इन्भेष्टीगेशनमा २० प्रतिशत, रेडियोलोजीकल इन्भेष्टीगेशन (युएसजी, सी.टी., एमआरआई, एक्स–रे, मामोग्राफी) मा २० प्रतिशत, शल्यक्रिया (अपरेशन) मा इम्प्लान्ट्स (प्रत्यारोपण)  र औषधीबाहेकमा २० प्रतिशत, स्पेशलाइज्ड इन्भेष्टीगेशन (डेन्टल प्रक्रियाहरु) प्रत्यारोपण र औषधीबाहेकमा १० प्रतिशत छुट प्रदान गर्नेछ । 

ucms add.jpg

त्यस्तै सामान्य डेण्टल चेकजाँचमा ३० प्रतिशत, ओएमएफएस सर्जरी, म्याक्सी फेसियल प्रोसियुजर (प्रत्यारोपण र औषधी) बाहेकमा २० प्रतिशत र सामान्य दाँत निकाल्ने (निःशुल्क) रहेको युसीएमएसले जनाएको छ । औषधी र इम्प्लान्ट्स (प्रत्यारोपण) तथा अन्य वस्तु बाहिर खरीद गर्दा छुट सुविधा उपलब्ध नरहेको सम्झौतापत्रमा उल्लेख छ । सम्झौताको अवधि एक वर्ष रहेको र आवश्यकताअनुसार सम्झौता नविकरण गर्दै जाने संघले जनाएको छ । 

sahari bikashrupandehi add.jpg

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघमा आबद्ध भएका २ हजार १ सय ९३ सदस्यहरुलाई युसीएमएसमा उपचार गर्न जाँदा छुट प्रदान गरिने बताए । उनले भने, ‘संघमा आबद्ध सदस्यहरुलाई उपचार गर्न जाँदा सदस्यताको आधारमा हाम्रो प्रस्तावलाई युसीएसएसले सहर्ष स्वीकार गर्दै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सराहनीय छ । ’अध्यक्ष ठाकुरले युसीएमएस भैरहवाका लागि गहना भएको बताए । उनले युसीएसएसले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको र अस्पताललाई संघको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले सम्झौतापत्रमार्फत संघका सदस्यहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत कमल राज ढकाल, संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दु, कर्पोरेट उपाध्यक्ष रोहित अग्रवाल, कोषाध्यक्ष कमल प्रसाद मरासिनी, सह–कोषाध्यक्ष संजय बेरिवाल, संघका कार्यसमिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार