Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

स्कुल टु ओलम्पिक


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८० शनिवार
  • 456
    SHARES

स्कुल टु ओलम्पिक


भैरहवा असार १५
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा रुपन्देहीमा पहिलोपटक स्कुल टु ओलम्पिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम गरिएको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके)ले उद्घाटन गर्दै युवा र खेलकुद देशलाई अन्तराष्ट्रिय पहिचान दिलाउन सक्ने सम्भावना रहेको बताए । 
कार्यक्रममा पुर्वमन्त्री तथा ओलम्पिक सुरेन्द्र हमाल, बैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी, पार्वती थापा, सरस्वती चौधरी, सोनिया भट्टसंग विद्यार्थीहरुको अन्तरक्रिया गरे ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खा, शपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, प्याब्सनका केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थीले नेपालको राष्ट्रिय खेलको हिसाबबाट हेर्दा सरकारबाट आवश्यक सोच बनाउन नसकेको दुखेसो गरे । खेलाडीहरु तनमन र धन खर्च गरे अनुसार सरकारबाट पहल नगरिएको दुखेसो गरे । 

pardesh add 11.jpg
कार्यक्रममा परिषदका कोषाध्यक्ष कोशिस बहादुर खड्काले विकास, अनुसासन, गतिशीलताको नारालाई खेलाडीहरु आत्मसात गर्दै सफलता मिल्ने बताए । छिमेकी देश भारतमा खेलो ईण्डिया अभियान चलाएर ओलम्पिकमा पदक जित्ने गरि अघि बढाएको छ । कार्यक्रममा ओलम्पिक एशोसियन अफ नेपालका महासचिव तथा ओलम्पियन राजेन्द्र भण्डारीले ओलम्पिक एशोसियन दिपक बिष्टको नेतृत्वमा गठन गरि विद्यालयस्तरमा खेल आकर्षण बढाउने गरि कार्यक्रम चलाउने अभियान थालेको बताए । केवल सरकारतर्फमात्र दोष लगाउने प्रवृत्तिलाई अन्त्य गरि एउटा सफल ओलम्पियन बन्न मुलमन्त्र खोजी गर्ने गरि कार्यक्रम गरिएको बताए । विद्यालयस्तरमा आधारभुत खेलको ज्ञान दिनसके खेलाडी सफल बन्दै अन्तराष्ट्रिय स्तरमा लाग्न प्रेरणा मिल्ने उनले दाबी गरे । 

vim hospital.jpg
कार्यक्रममा पग्लिहवा माबिका ब्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले विद्यालयस्तरमा खेलप्रतिको आकर्षण बुझ्न, जान्न र खेलप्रति जागरुक बनाउन कार्यक्रम महत्वपूर्ण भएको बताए । सरकारको ध्यान खेल र खेलाडीको जिविकोपार्जनमा जानुपर्ने उनले बताए । विद्यार्थीहरुलाई खेल बुझ्ने र सफल ओलम्पियन बन्ने सुत्र बुझाउने रुपमा कार्यक्रम भएको बताए ।
कार्यक्रममा परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले ओलम्पियनहरुको अगुवाईमा अघि बढाईएको कार्यक्रमलाई लुम्बिनी प्रदेशबाट साथ दिएको बताए । कार्यक्रममा रुपन्देहीका दुई दर्जन बढी सामुदायिक र नीजि विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार