Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

समवेदना प्रकट गर्न घनश्याम भुसाल निवास पुगे प्रधानमन्त्री प्रचण्ड


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०८० बिहिवार
  • 318
    SHARES

समवेदना प्रकट गर्न घनश्याम भुसाल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

भैरहवा जेठ २५

पितृशाकमा परेका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उनको घरमा पुगेर समवेदना व्यक्त गरेका छन् । बिहीबार भुसाल निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित मणिग्राममा पुगेर प्रधानमन्त्री दाहालले भुसाल परिवारलाई समवेदन व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले स्वर्गीय जगन्नाथ भुसालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन् । उनले शोकलाई शक्तिमा बदल्न अनुरोध गरे । उनले जन्मपछि मृत्यु स्वभाविक रहेको जनाउँदै मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको जनाए । आफ्नो अभिभावक गुमाउँदै दुःखपीडा हुने तर प्रकृतिको नियम मान्नै पर्ने जनाए ।

pardes add 2.jpg

भुसाल निवासमा समवेदना प्रकट गर्न प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, परराष्ट्रमन्त्री एनपी साउद, वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, संघीय सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य लगायत पुगेका थिए ।

आइतबार घनश्यामका पिता जगन्नाथ भुसालको निधन भएको थियो । जगन्नाथको मृत्यु भएको पाँचौं दिनका दिन भुसाल निवासमा प्रधानमन्त्रीसहित मन्त्रीहरु समवेदना प्रकट गर्न गएका हुन् । ९७ वर्षीय स्वर्गीय जगन्नाथ भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

pardes add.jpg


लुम्बिनी चिन्तन

थप समाचार