Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पार्टीमा नातावाद, गुटबन्दी र भ्रष्टाचार बढेको आरोप लगाउदै एमाले सिद्धार्थनगर कमिटि सचिव सहित ७४ जनाले दिए राजीनामा, ५० प्रतिशत एमालेले छिटै पार्टी छाड्ने दाबी


  • लुम्बिनी चिन्तन
  • जेठ २४, २०८० बुधवार
  • 360
    SHARES

पार्टीमा नातावाद, गुटबन्दी र भ्रष्टाचार बढेको आरोप लगाउदै एमाले सिद्धार्थनगर कमिटि सचिव सहित ७४ जनाले दिए राजीनामा, ५० प्रतिशत एमालेले छिटै पार्टी छाड्ने दाबी

भैरहवा जेठ २२/
नेकपा एमाले सिद्धार्थनगर कमिटि सचिव सहित नगरकमिटिका जिम्मेवार ७४ जना सदस्यले सोमवार सामुहिक राजिनामा दिएका छन् । 
पार्टीभित्र नातावाद, कृपावाद, चरम गुटबन्दी र भ्रष्टाचार बढेको आरोप लगाउँदै नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले पत्रकार सम्मेलन गरि सोमवार सामूहिक राजीनामा दिएका हुन । 
भैरहवा क्षेत्रमा एमालेभित्र केही अराजक, विकाउ र चरम गुटबन्दी गर्ने नेताहरु हावी भएको र निर्वाचनका समयमा अन्य दलहरु संग मिलेर लाभ लिई तालमेल गराउने र पार्टीका ईमान्दार कार्यकर्तालाई अन्य चुनाव चिन्हमा भोट हाल्न बाध्य पार्ने गरेको आरोप लगाए । 

lumbini pardes add.jpg
राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरु, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यहरु, पार्टीका वडा कमिटी अध्यक्ष एवं क्रियाशील सदस्यहरु छन् ।
भैरहवामा एमालेलाई माथि उठ्नै नदिन केही दुईचार जना नेताहरु लागिपरेको पत्रकार सम्मेलनमा नेता भण्डारीले बताए । उनीहरु विकाउ छन्, चुनाव आयो भने अन्य पार्टीसँग तालमेल गरी आर्थिक लाभ लिन अग्रसर हुन्छन् राजीनामाको नेतृत्व गरेका पार्टीका नगर सचिव नारायण प्रसाद भण्डारीले भने । 
पार्टीको ग्रासरुट अभियान कार्यक्रममा पार्टी सही ढंगबाट नचलेकोल अभियानकै क्रममा एक महिना अघि पार्टी पंक्तिलाई १० बुँदे सुझाव र माग पेस गर्दा सम्बोधन गर्ने तर्फ भन्दा पार्टी बेवास्ता गर्ने धक्याउने , कार्बाही गर्ने लगायतका कामहरु पार्टी जिल्ला र नगर नेतृत्वले गरेका कारण राजिनामा दिन बाध्य भएको भण्डारीले बताए ।

 

छिटै सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेका ५० प्रतिशत बढी नेताकार्यकर्ताले पार्टी छाडेर स्वतन्त्र नागरिक भएर बस्ने भण्डारीले दावी गरे ।


लुम्बिनी चिन्तन

थप समाचार