भैरहवा जेठ १८
यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाले कपिलवस्तुको मायादेवि गाउँपालिका वडा नं. ४, चाकरचौराहा देखि अस्पतालसम्म निःशुल्क बस सेवा एक कार्यक्रमका विच शुभारम्भ गरेको छ ।
विशेषगरी ग्रामिण क्षेत्रका विरामीहरुलाई मध्यनजर गर्दै सहज रुपमा अस्पतालसम्मको पहँुचता र सर्वसुलभ दरमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्धेश्यले मायादेवि गाउँपालिका, कपिलवस्तुको पहलमा यु.सि.यम.यस., शिक्षण अस्पतालले हाललाई प्रत्येक बुधवार विहान चाकर चौराहादेखि अस्पतालसम्मको सेवाको थालनी गरेको यु.सि.यम.यस.का सुचना अधिकारी सुशील गुरुङ्गले बताउनु भयो ।

निःशुल्क बस सेवाको समुद्घाटन मायादेवि गाउँपालिका, कपिलवस्तुको अध्यक्ष वालिउद्धिन मुसलमानको सभापतित्व तथा लुम्बिनी प्रदेशका पुर्वमन्त्री सहसराम यादवको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पुर्वमन्त्री सहसराम यादवले यु.सि.यम.यस. शिक्षण अस्पतालले ग्रामिण भेगमा दुरीको हिसावले ६५ कि.मी.को दुरीमा पनि निःशुल्क बस सेवा सुचारु गरेर एकदमै पुन्य काम गरेको बताउनु भयो ।

कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादव, प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादव, स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव, वडा नं. ४ का वडा अध्यक्ष असफाक मुसलमान, यु.सि.यम.यस.का प्रशासन संयोजक तेज कुमार के.सी. लगायतको उपस्थिति रहेको थियो ।