Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लक्ष्मण पन्थी र राधिका उपाध्यायले दिए दुई कठ्ठा सवा दुई धुर जग्गा दान


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०८० मंगलवार
  • 390
    SHARES

लक्ष्मण पन्थी र राधिका उपाध्यायले दिए  दुई कठ्ठा सवा दुई धुर जग्गा दान


मेनुका श्रेष्ठ, 
भैरहवा जेठ २

धेरै जसो मानिसहरुले सानातिनो जग्गा मिच्दा झगडा हुन्छ तर लक्ष्मण पन्थी र राधिका उपाध्यायले भने सिद्धार्थनगर नगरपालिकामा रहेको बहुउद्देश्यीय खेलकुद मैदानको लागि दुई कठ्ठा सवा दुई धुर जग्गा दान गरेका छन् । 
खेल मैदानमा जाने बाटो थिएन, जग्गादाता लक्ष्मण पन्थी र राधिका उपाध्यायले खेल मैदान प्रवेश गर्ने ३० फिट चौडा बाटो कुल दुई कठ्ठा सवा दुई धुर जग्गा दान गरेपछि अहिले खेल मैदानमा आवत जावत सह जबनेको खेल प्रमिहरुले बताएका छन्  ।


बहुवर्षीय कार्यक्रम अन्तर्गत १२ करोड लागत अनुमान रहेको यस परियोजनमा बिस्तारै अन्य भौतिक संरचना क्रमशः निर्माण गर्दै जाने तयारी छ । फुटबल मैदान बनाउने लक्ष्य रहेको मैदानमा प्याराफिट, दक्षिण तर्फ बगैचा लगायतको संरचना रहने छन् ।
सिद्धार्थनगर नगरपालिकाले बहुउद्देश्यीय खेलकुद मैदान बनाएको छ । नगरको खेलकुद विकासमा टेवा पुग्नेगरी सिद्धार्थनगर नगरपािलका वडा नम्बर ३ मा खेलकुद मैदान निर्माण गरी खेल मैदान सञ्चालनमा आएको हो । 
दुई चरणमा गरी तीन करोड ६३ लाख लागतमा बनेको खेलमैदानको करीब चार बिगाहा क्षेत्रफलमा रहेको खेलमैदानमा एथलेटिक्स, फुटवल मैदानसहित सबै प्रकारका खेल खेल्न मिल्छ । सिद्धार्थनगरमा क्रिकेट रंगशाला भए पनि अन्य खेलका लागि समस्या थियो । यही कारण नयां खेल मैदान बनाईएको नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले बताए ।


पहिलो चरणको खेलकुदको मैदान निर्माण, पर्खाल निर्माण र जग्गा सम्याउने काम एक करोड ७६ लाख २७ हजार चार सय ८५ रुपैया लागत अनुमानमा ९७ लाख ३४ हजार दुई सय १९ रुपैयाँमा टेन्डर भई सम्पन्न भएको छ । दोस्रो चरणमा प्रवेशद्वार, शौचालय र माटो पटान गरी एक करोड ३० लाख १० हजार दुई सय ४ रुपैया लागत अनुमान गरेकोमा ७६ लाख ९५ हजार सात सय २८ रुपैयाँको टेण्डर भई काम अन्तिम चरणमा रहेको इन्जिनीयर अर्यालले बताए । नगरपालिकाको समग्र विकासका लागि जनसहभागिता आवश्यक पर्छ भन्ने यो राम्रो उदाहरण बनेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार