काठमाण्डौ बैशाख २७/
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। प्रहरी उच्च श्रोतका अनुसार उनी आफ्नै निवासबाट पक्राउ परेका हुन् । उनलाई आजै अदालतमा उपस्थित गराइने प्रहरीको तयारी छ ।
खाणलाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। हाल उनलाई अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणको समेत नाम बयानमा लिएका छन् । सोही आधारमा उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।