१९ वैशाख, काठमाडौं ।
एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।
यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।
२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे । तर ह्याट्रिक गर्नबाट चुके ।
यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरीयताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।