Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशको भेला तथा २४ औं दिक्षान्त समारोह सम्पन्न


  • लुम्बिनी चिन्तन
  • चैत्र २६, २०७९ आइतवार
  • 300
    SHARES

नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशको भेला तथा २४ औं दिक्षान्त समारोह सम्पन्न


भैरहवा, चैत २५ ।

नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशको भेला तथा २४ औं दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।

भेलाले जेनेश पन्थीको अध्यक्षतामा १३ सदस्यीय नेपाल वादोरियो करांते डो संघको लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा शोभाखर पन्थ,सचिवमा लोक प्रसाद भण्डारी( राजु), कोषाध्यक्षमा कमरुद्धिन अलि सर्वसम्मत चयन हुनुभएको नेपाल वादोरियो करांते डो संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरी शरण के.शी. (हुस् ), ले जानकारी दिनुभयो । यस्तै नव गठित प्रदेश कमिटीको सदस्यहरुमा युवराज अर्याल, अर्जुन गिरी, कृष्ण भण्डारी, अंकित थापा, जिलेदार थारु, विराट पौडेल, सम्झना शर्मा, सुर्य चापागाई, लोकमान गुरुङ चयन हुनुभएको छ ।

नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै  केन्द्रिय अध्यक्ष केशीले वादोरियो करांतेको ईतिहास लामो रहेको भन्दै अनुशासित खेलाडि उत्पादन गर्न निर्देशन दिनुभयो ।

bbb.jpg

नेपाल करांते महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष, साउथ एसियन  वादोरियो करांते डो संघका अध्यक्ष समेत रहनुभएका केशीले अव नेपालमा करांते महासंघमा कुनै द्धिविधा नरहेको बताउनुदै चारवटा करांते मात्र राष्टिय मान्यता प्राप्त भएको जानकारी दिनुभयो । नेपाल वादोरियो संघका कमिटी तथा खेलाडिहरु देशका ६५ जिल्ला तथा पांच प्रदेशमा रहेको जानकारी दिदै वांकी जिल्ला र प्रदेशमा समेत कमिटी विस्तार गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले करांते खेल मार्फत नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन सफल खेलाडिको संरक्षण गर्न परिषद् तत्पर रहेको बताउनु भयो । कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज जिसीले करांते खेलको विकासका लागि आवश्यक पुर्वाधार निर्माणका लागि नगरपालिका जग्गा उपलब्ध गराउन तयार रहेको बताउनुभयो । कुनै पनि खेलको विकासका लागि देवदह नगरपालिका पुर्वाधार विकासका लागि आवश्यक जग्गा दिन तयार छ उहांले भन्नु भयो । कार्यक्रममा  जिल्ला खेलकुद विकास समितीका रुपन्देहीका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री, नेपाल करांते महासंघका केन्द्रिय सदस्य अमिर राई, अन्य करांतेका जिल्ला अध्यक्ष, नेपाल करांते महासंघ लुम्बिनी प्रदेशका महासचिव वासुदेव प्रसाई, तिरुपति स्पोर्ट क्लबका अध्यक्ष राजकुमार गुप्ता , लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले शुभकामना मन्तव्य व्यतm गर्नुभयो । कार्यक्रममा श्रृलङ्कामा हालै सम्मपन्न अन्तराष्टिय करांते प्रतियोगितामा गोल्ड मेडल तथा अन्य मेडल प्राप्त गर्न सफल खेलाडिहरुलाई सम्मान प्रदान गरिएको थियो भने विभिन्न खेलाडिहरुलाई वेल्ड ग्रडिङ्ग अन्तरगत ब्याकवेल्ट प्रदान गरिएको थियो ।  


लुम्बिनी चिन्तन

थप समाचार