Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अन्तर्राष्टिय पिस म्याराथनमा सेनाका भाट प्रथम


  • लुम्बिनी चिन्तन
  • चैत्र २३, २०७९ बिहिवार
  • 316
    SHARES

अन्तर्राष्टिय पिस म्याराथनमा सेनाका भाट प्रथम

लुम्बिनी चैत्र २३/

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी विकास र शान्तिका लागि लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन् । नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय भएका छन् । बिहान कपिलवस्तुको तिलौराकोटबाट दौड सुरु भएको थियो ।bbb.jpg

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए । खेलकुदको माध्यमबाट लुम्बिनीको प्रबर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधीलाई आमन्त्रण गरिएको उनले बताए ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान सवा ८ बजे सुरु भइ लुम्बिनीको शान्ति दीप रहेका गेट अगाडि पूरा भएको थियो । तिलौराकोटबाट विभिन्न बौद्धस्थल हुँदै ४२ किलोमिटर दुरी पार गरेका थिए । प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसँगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ ।

म्याराथनमा प्रथमले १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशि प्राप्त गरेको लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार