Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चैत्र २५ गते देखी दोस्रो गैडहवा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने


  • लुम्बिनी चिन्तन
  • चैत्र २२, २०७९ बुधवार
  • 1.3K
    SHARES

चैत्र २५ गते देखी दोस्रो गैडहवा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने

भैरहवा चैत्र २२/

रुपन्देही गैडहवा गाँउपालिकामा दोस्रो गैडहवा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता चैत्र २५ देखि हुने भएको छ ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गरि चैत्र २५ देखी बैशाख ९ गते सम्म गैडहवा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुन लागेको  पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

bbb.jpg

न्यु एभरेष्ट युवा क्लबको अयोजनामा गैडहवा वडा नम्बर १ देखि ९ सम्मका वडाहरुको सहयोगमा फुटबल प्रतियोगिता हुने भएको छ । पदम बहादुर मगरको अध्यक्षतामा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतिथिमा दिपक मरासिनीको बिशिष्ट अतिथि गणेश गौतमको अतिथिमा कार्यक्रम सञ्चालन नारायण पोखरेले गर्नुभएको थियो । खेल चैत्र २५ गते देखि सुरु भई बैशाष ९ गते फाईनल खेल हुने छ ।

प्रतियोगितामा प्रथम बिजेता हुने टिम लाई दुई लाख दुई हजार दुई सय बाईस रुपैया सिल्ड मेडल प्रमाण पत्र, दोस्रो बिजेता हुने टिमलाई एक लाख एक हजार एक सय एक रुपैया सिल्ड मेडल प्रमाणपत्र, मैन अफ द मैच दुई हजार टोकन अफ लभ प्रमाणपत्र दिइने फुटबल प्रतियोगीताका अध्यक्ष पदम बहादुर मगरले बताउनुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार