Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आँखा उपचार केन्द्रहरुको अर्ध वार्षिक समीक्षा गोष्ठी सम्पन्न


  • लुम्बिनी चिन्तन
  • चैत्र २२, २०७९ बुधवार
  • 302
    SHARES

आँखा उपचार केन्द्रहरुको अर्ध वार्षिक समीक्षा गोष्ठी सम्पन्न

भैरहवा, २२ चैत ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरुको अर्ध वार्षिक समीक्षा गोष्ठी बुधबार भैरहवामा सम्पन्न भएको छ । 

अस्पतालअन्तर्गत लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, सैनामैना नगरपालिका, सम्मरीमाई, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा गरी ७ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । आँखा उपचार केन्द्रहरुबाट चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस) सम्ममा ११ हजार जना बिरामीले सेवा पाएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए ।

bbb.jpg

अस्प्तालका चिफ मेडिकल डाइरेक्टर प्रा. डा. ज्ञानेन्द्र लामिछानेको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाको प्रमुख आतिथ्यता, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागत तथा बाह्य कार्यक्रम संयोजक संजीब अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि बाह्य कार्यक्रम निर्देशक सह प्रा. डा. कविन्द्र बज्राचार्यले प्रकाश पारेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार