भैरहवा चैत्र १२।
लुम्बिनी पदेशमा नेपाली कांग्रेस संसदीय नेता डिल्लीप्रसाद चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका आठ दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख अमिक सेरचन समक्ष निवेदन दिएका हुन् ।
सत्तारुढ घटक माओवादी र जनमत पार्टिले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । आठ दलका ५३ जना सांसदले हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख समक्ष बुझाएको लोसपाका संसदिय दलबम नेता सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

माओवादीका मन्त्रीहरुले आइतबार मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएका थिए । राजीनामा बुझाएलगत्तै उनीहरु सहित सांसदहरु हस्ताक्षर सहितको पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेका हुन । उनीहरुले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका छन् । संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।