Logo
२०८३, कार्तिक ७ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ७ गते

पार्टीको बैठक भन्दा ३ गुना गठबन्धनको बैठकमा बस्नुपरेको छ : गगन थापा


  • लुम्बिनी चिन्तन
  • चैत्र ११, २०७९ शनिवार
  • 254
    SHARES

पार्टीको बैठक भन्दा ३ गुना गठबन्धनको बैठकमा बस्नुपरेको  छ : गगन थापा

भैरहवा, ११ चैत ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न भन्नुभएको कुरामा सत्यता नरहेको बताएका छन् । उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने रहेको बताए ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले भने, ‘केही साथीहरुलाई भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु । ’

11.jpg

उनले ८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताए । उनले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडी बढ्नुपर्ने बताए ।
congress 11.jpg

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले गठबन्धनको संस्कृति निर्माण गर्न उन्नत व्यवहार आवश्यक रहेको बताए । उनले नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेको भए पनि नेकपाले पाँचवर्ष खेर फालेको बताए । उनले भने, ‘हामी नेकपासँग निर्वाचन लडेकै हौं, हामीले जिम्मेवारी आएपछि निर्वाचन सम्पन्न गर्यौ ।’ पाँच वर्षसम्म स्थिर सरकार दिन्छौं भनेर निर्वाचन भन्दा अघि गठबन्धन र तालमेल गरिएको तर पुस १० गते सम्हाल्न नसकेको उनले बताए । उनले पुस १० गते भएको गल्तीलाई फागुन १०–१२ गतेतिर सच्याइएको बताए । नेता थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए । आफूले ६–८ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा विपन्न नागरिकलाई केन्द्रीत गरेर काम गर्न सकिदो रहेछ भन्ने कुरा जान्ने मौका पाएको उनले बताए । 

उनले भने, ‘केही वर्षदेखि सरकारको तयारी गरेका बसेका थियौं, त्यो अब काम लाग्छ । ’ नेता थापाले कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको बताए । पार्टीको बैठक भन्दा ३ गुना गठबन्धनको बैठकमा बस्नुपरेको उनले बताए । उनले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए । नेता थापाले भने, ‘कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन । जनतालाई सरकारले राहतको महसुस गराउनुपर्छ । एक महिनापछि अवस्था केही भए पनि ठीक भयो भन्ने सन्देश दिनुपर्छ ।’ कांग्रेस सरकारमा सहभागी भएको र कतिपय प्रदेश सरकारको नेतृत्वमा समेत रहेकोले आफू अहिले कसैको टिप्पणी गर्नेतर्फ नलाग्ने उनको भनाइ छ ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार