बुटवल ।
२२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने भएका छन् । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दीले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले फ्रेन्डस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
निर्धारित समयमा २–२ को बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । योसँगै पन्ध्रौँ संस्करणको विजेतासमेत रहेको फ्रेण्डस् क्लब सेमिफाइनलबाट नै बाहिरिएको हो । पेनाल्टी सुटआउटमा फ्रेण्डस्का रुपेश केसी र डोना थापाले गोल गर्न नसक्दा क्लब बाहिरिएको हो ।

मनाङ मस्र्याङ्दी जियनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्डस्का अमित तामङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए । निर्धारित समयमा फ्रेण्डस् क्लबका तर्फबाट २५ नम्बर जर्सीका विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए ।
यस्तै खेलको २६ मिनेटमा २० नम्बर जर्सीका उत्तम राईले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मनाङ मस्र्याङ्दीका क्याप्टेन जर्सी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै खेल २–१ को अवस्थामा पु¥याएका थिए । दोस्रो हाफको २ मिनेटमा नै मनाङ मस्र्याङ्दीका २१ नम्बर जर्सीका प्रशन्न श्रेष्ठले गोल गर्दै २–२को अवस्थामा पु¥याएका थिए । मनाङ मस्र्याङ्दी क्लवले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मस्र्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाएको थियो ।
क्वाटरफाइनलको खेलमा मनाङ मस्र्याङ्दीका लागि जर्सी नम्बर २१ का प्रशन्न श्रेष्ठ र जर्सी नम्बर १५ का चेतनकुमार थारुले एक एक गोल गरेका थिए नेपाल पुलिस क्लबका जर्शी नम्बर ९ का बुद्धबल तामाङले एक गोल फर्काएका थिए । खेलमा मनाङ मस्र्याङ्दीका क्याप्टेन आशिष गुरुङले म्यान अफ द म्याच बने ।
दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ तथा उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूदूरपश्चिम ११ थ्री स्टार क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । मनाङ मस्याङ्दीले गोल्डकपको उपाधिका लागि सुदूरपश्चिम ११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्ने छ ।