भैरहवा फागुन २५/
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलको पक्षमा पाँच सय ६६ जनाले मत हाल्दा सुवास नेम्वाङको पक्षमा दुई सय ६० मत परेको छ । आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।
पौडेलको पक्षमा प्रदेशका तीन सय ५२ र संघका दुई सय १४ जनाले तथा नेम्वाङको पक्षमा प्रदेशका एक सय ६२ र संघका ९८ जनाले मत दिएका छन् । पाँच मत बदर भएको छ ।

