Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रोहिणीको धकधईमा सरसफाई


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०७९ बुधवार
  • 288
    SHARES

रोहिणीको धकधईमा सरसफाई

 

भैरहवा, २० फागुन ।

रुपन्देही रोहिणी गाउँपालिका–३ स्थित धकधई बजार क्षेत्रमा सरसफाई गरिएको छ । श्री धकधई सामुदायिक समाज सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र धकधई, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको सहयोगमा शुक्रबार कार्यक्रम गरिएको हो ।

धकधई सामुदायिक साझेदारी सरसफाई अभियान कार्यक्रम अन्तर्गत धकधई बजारलाई स्वच्छ तथा सफा राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको श्री धकधई सामुदायिक समाज सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष जय प्रकाश यादवले बताए ।

श्री धकधई सामुदायिक समाज सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष जय प्रकाश यादवको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष करम हुसेन खान लगायतको आतिथ्यता, सामूदायिक प्रहरी केन्द्रकी उपाध्यक्ष पदमा खत्रीको स्वागत तथा उपसचिव पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नम्बर ३ का वडासदस्य जुद्ध प्रकाश चौधरी, ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख बीरबल कुमाल, धकधई सामूदायिक सेवा केन्द्रका सचिव पंजाबी यादव, प्रेम सागर शुक्ल, राजधर हरिजन, विष्णु भुज, अनिल कुमार कौशल, जनप्रतिनिधि, प्रहरी, राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार